+
+
Shares

कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते ६:३६

१८ भदौ, काठमाडौं । कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले देशभर ठूलो पानी पर्ने सम्भावना छैन । तर तराई मधेश, कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको पूर्वानुमान गरिएको हो ।

विभागले आज लुम्बिनी प्रदेशलगायतको पहाडी भूभाग र तराईका केही स्थानमा भने मध्यम वर्षाको सम्भावना औंल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम भने कायमै रहेको जनाएको छ । त्यसैले सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

गत २४ घण्टामा कञ्चनपुरको दोधारामा सबैभन्दा धेरै १३७.२ मिलिमिटर वर्षा मापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?