Comments Add Comment

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न प्रदेश २ सरकारको माग

५ असोज, काठमाडौं । प्रदेश २ सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न माग गर्दै संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई पत्राचार गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले सोमबार पठाएको पत्रमा असाज २४ गते आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने अवस्था नभएकाले स्थगित गर्न माग गरेका हुन् । कोरोना भाइरसको महामारी विद्यमान रहेको, प्रदेश २ महामारीबाट सबैभन्दा बढी प्रभावित रहेको पत्रमा लेखिएको छ ।

त्यस्तै ट्रेड युनियनको चुनावमा थ्रेस होल्डको विवाद रहेको र यससम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पनि निर्वाचन स्थगित गर्नुपर्ने मुख्यमन्त्री राउतले पत्रमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment