
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री एलिजा गौतमले स्क्रिन शेयर गरेका छन्, लोकदोहोरी गीतमा । गीतको बोल छ, सानु ।’ यसको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ, जसलाई प्रभावन जेले निर्देशन गरेका हुन् । निर्देशक प्रभावन जे अक्सर वियोगान्त गीतलाई दृश्यांकन गर्न रुचाउँछन् । यसपाली उनले लोकदोहोरी गीतमा एलिजा र आकाशसँगै गुराँस ढकाल, बाल कलाकार साइमरा थापालाई अभिनय गराएका छन् ।
गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । शब्द कमल सरगमको हो भने, लय घमेश दुलाल । यसमा एरेन्ज कमल सौराग, रेकर्डिष्ट बिमल एरिस छिनालको छ । आधुनिक गायकका रुपमा स्थापित प्रताप दासको पनि पहिलो लोक दोहोरी हो ।
गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, कोरियोग्राफ सन्तोष राजबाहक, सहायक निर्देशन राजाराम गौतमले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4