+
+
Shares

निषेधाज्ञा खुलेपछि बैंकको ऋण लगानी बढ्यो

एक हप्तामा ९ अर्ब ऋण, २१ अर्ब निक्षेप

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ५ गते २०:५३

५ असोज, काठमाडौं । निषेधाज्ञा खुला भएसँगै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि बढेको छ । पछिल्लो एक सातामा मात्रै २७ वाणिज्य बैंकहरुले ९ अर्ब रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेका छन् ।

संघले दिएको जानकारीअनुसार हालसम्म वाणिज्य बैंकहरुको २९ खर्ब १३ अर्ब रुपैयाँ ऋण लगानीमा रहेको छ । भदौ २६ सम्म यी बैंकहरुको ऋण लगानी २९ खर्ब ४ अर्ब रुपैयाँ थियो । असोज २ गतेसम्म आइपुग्दा ९ अर्ब रुपैयाँले बढेर २९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको हो ।

सोही अवधीमा २७ वाणिज्य बैंकहरुले २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । २६ भदौसम्म ३५ खर्ब ९५ अर्ब रुपैयाँ रहेकोमा एक हप्तामा २१ अर्ब थपिएर २ असोजसम्म ३५ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । यो ऋण लगानी नियमितभन्दा एकदमै कम हो । तर लकडाउनका बेला ठप्प रहेको ऋण लगानी विस्तारै सुधार हुँदै गएको छ । भदौं महिनामा निषेधाज्ञाकै बिचमा पनि दैनिक एक अर्ब हारहारीमा कर्जा लगानी भएको थियो ।

भदौको तुलनतामा अब असोजमा लगानी बढ्ने संघको अनुमान छ । संघका अनुसार वाणिज्य बैंकहरुले निषेधाज्ञाकै बीचमा १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । ‘क’ वर्गका बैंकहरुको साउन मसान्तसम्म २८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानीमा रहेको थियो ।

भदौं लागेपछिको १९ दिनमा भने कर्जा लगानी १९ अर्ब रुपैयाँले बढेर २८ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । संघले उपलब्ध गराएको तथ्यांकअनुसार निक्षेपको तुलनामा कर्जा नै धेरै बढेको छ । १९ अर्ब कर्जा लगानी भएको अवधिमा निक्षेप भने १२ अर्ब रुपैयाँमात्रै जम्मा भएको संघले जनाएको छ ।

भदौ १ गतेभन्दा अगाडि बैंकहरुमा ३४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । संघका अनुसार १९ दिनमा बढेर ३४ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?