Comments Add Comment

जोकोभिचले जिते कीर्तिमानी ३६औं मास्टर्स टेनिस उपाधि

६ असोज, काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले कीर्तिमानी ३६औं मास्टर्स टेनिस उपाधि जितेका छन् । सर्वियन जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जित्दै यो उपलब्धी हात पारेका हुन् ।

इटलीको रोममा सोमबार राति भएको फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई सोझो सेटमा पराजित गर्दै जोकोभिचले उपाधि जिते । जोकोभिचले डिएगोलाई ७-५, ६-३ ले हराए ।

जोकोभिचले पाँचौ पटक इटालियन ओपनको उपाधि जितेका हुन् । ३३ वर्षीय जोकोभिचले सर्वाधिक मास्टर्स टेनिस उपाधि जित्ने खेलाडीको कीर्तिमान समेत आफ्नो नाममा लेखाएका छन् ।

उनले स्पानिस राफेल नाडलको ३५ मास्टर्स उपाधिको कीर्तिमान तोडेका हुन् । नाडालले ३५ मास्टर्स उपाधि जितेका छन् भने रोजर फेडेररले २८ मास्टर्स जितेका छन् ।

जोकोभिचले गत महिला इस्टर्न एण्ड वेस्टर्न ओपन जित्दै नाडालसंग सर्वाधिक मास्टर्स उपाधि बराबरी गरेका थिए  । मार्सटर्स टेनिस ग्राण्ड्सलाम र एटिपी फाइनल्स पछिको ठूलो टेनिस प्रतियोगिता हो ।

महिलातर्फको उपाधि रोमानियाकी सिमोना हालेपले जितेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment