+
+
Shares

दर्शनार्थीका लागि खोलियो जानकी मन्दिर (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते १२:०९

६ असोज, जनकपुरधाम । लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुला गरिएको छ ।

आइतबारदेखि मन्दिर खुल्ला गरिएको मन्दिरका उत्तराधिकारी रामरोशन दासले बताए । तर केन्द्र, प्रदेश सरकारका कुनै पनि निकायले मन्दिर खोल्ने निर्णय गरेका छैनन् । महन्तहरुले नै मन्दिर खुला गरेका हुन् ।

मन्दिर खुल्ला गरिएसँगै चहलपहल बढेको छ । अहिले बाहिरका श्रद्धालु एवं दर्शनार्थी नआए पनि जनकपुरधाम र नजिकका आउन थालेको दासले बताए । मन्दिर खुल्ला गरिए पनि अहिले दर्शनार्थीको संख्या न्यून छ,’ उनले भने,’बाहिरका अझै आएका छैनन् ।’

अहिले दैनिक ३ सयदेखि ४ सयसम्म दर्शनार्थी आइरहेका छन् । उनीहरुलाई दूरी कायम गरी दर्शन र पूजापाठ गर्न दिइएको उनले बताए ।

मन्दिर खुलेसँगै यहाँ पूजा सामग्री बेच्ने पसलहरु पनि संचालनमा आएको छ । मन्दिर आसपास भएका मिठाइ, फुल तथा अन्य सामग्रीका पसल संचालनमा आएको छ ।

यसअघि मन्दिर बन्द गरिए पनि भित्र पूजापाठ नियमित भइरहेको थियो । लकडाउनका कारण मन्दिर बन्द गरिँदा यस पटकको राम नवमी, सीता नवमीसहितका पर्वहरु खल्लो देखिएको थियो ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?