Comments Add Comment

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

७ असोज, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा कोरोनाबाट दुई लाख ७८६ पुगेको छ । अमेरिकामा अहिलेसम्म ६८ लाख ९६ हजारभन्दा धेरै कोरोना संक्रमित फेला पनि परिसकेका छन् ।

पछिल्लो समय अमेरिकाको केही राज्यहरुमा पुनः संक्रमण बढ्न थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार कोरोनाको विषयमा बोल्दै चीनको कारण यो भाइरस फैलिएको बताएका छन् । उनले कोरोना नियन्त्रणको लागि आफूले चालेको कदमको पनि बचाउ गरेका छन् । उनले समयमा नै आफ्नो सरकारले उचित कदम नचालेको भए अमेरिकामा ३० लाख मानिसको ज्यान जान सक्ने दाबी गरेका छन् । अमेरिकामा कोरोना नियन्त्रणको लागि उचित कदम चाल्न नसकेको भन्दै ट्रम्पको आलोचना हुँदै आइरहेको छ ।

आगामी नोभेम्बरमा हुन गइरहेको निर्वाचनका लागि राष्ट्रपतिको उम्मेदवार बनेका बाइडनले पछिल्लो ६ महिनामा देखिएको ट्रम्पको झुट र अक्षमताको कारण अहिले इतिहासमै सबैभन्दा धेरै अमेरिकी नागरिकको ज्यान गएको आरोप लगाएका छन् । उनले यो संकट समाधानको लागि अमेरिकालाई गम्भीर राष्ट्रपतिको आवश्यकता रहेको अवस्थामा ट्रम्पले यो आवश्यकता पूरा गर्न नसकेको बाइडनको भनाइ थियो ।

यसअघि गत मार्चमा ट्रम्पले अमेरिकाले कोरोनाबाट मृत्यु हुनेको संख्या एकदेखि दुई लाखको बीचमा राख्न सके त्यो अमेरिकाको लागि एक सफलता हुने बताएका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment