Comments Add Comment

लकडाउनपछि हिमाल चढ्ने दुई टोलीबाट १९ लाख २९ हजार रोयल्टी

७ असोज, कठमाडौं । वसन्त ऋतुमा प्रभावित भएको हिमाल आरोहण अब क्रमशः अगाडि बढ्ने क्रममा छ । शरद ऋतुका लागि मंगलबारसम्म कुल दुई वटा टोलीले आरोहण अनुमति लिइसकेका छन् ।

६ जना नेपालीको एक टोलीले वरुत्से हिमाल आरोहण गर्न अनुमति लिएको छ । उता, बहराइनका १५ र बेलायतका ३ जनाले दुई टोली बनाएर मनास्लु हिमाल आरोहणको अनुमति लिएका छन् ।

यी दुई आरोहण अनुमतिबाट कुल १९ लाख २९ हजार रुपैयाँ संकलन भइसकेको पर्यटन विभागले जानकारी दिएको छ ।  यो सिजन सरकारले पर्वतारोहण तथा पदयात्रा खुला गर्ने निर्णय गरेको छ । सोहीकारण क्रमशः पर्यटकीय गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।

मनास्लु हिमाल आरोहणका लागि दुई टोलीबाट कुल १६ हजार २ सय अमेरिकी डलर संकलन भएको छ । बहराइनको टोलीमा त्यहाँका राजपरिवारका एक सदस्यसमेत सहभागी छन् । यो रोयल गार्डको टोली हो । टोली दुई महिना नेपालमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment