+

साफ युथ च्याम्पियनसिप रद्द

२०७७ असोज  ७ गते १५:११ २०७७ असोज ७ गते १५:११
साफ युथ च्याम्पियनसिप रद्द

 

७ असोज, काठमाडौं । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले २०२० मा आयोजना हुने भनिएको साफ युथ च्याम्पियनसिप रद्द गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले साफ युथ च्याम्पियनसिप रद्द भएको जानकारी गराएको हो ।

साफले सदस्य राष्ट्रहरुसँग छलफल गरेर बुधबार यसबारे निर्णय गरेको एन्फाले जनाएको छ । २०२० मा तीन युथ च्याम्पियनसिप हुने तयारी थियो ।

गत जुनमा साफको सदस्य राष्ट्रहरुबीच भएको भर्चुअल मिटिङले कोरोना महामारीको अवस्था साम्य भएपछि कम्तीमा दुई युथ च्याम्पियनसिप २०२० को डिसेम्बरमा गराउने गरी छलफल गर्ने जनाएको थियो ।

अहिलेको अवस्थालाई मध्यनजर गर्दै साफले तीनवटै युथ च्याम्पियनसिप रद्द गर्ने निर्णय गरेको एन्फाले जनाएको छ । साफले यसअघि नै साफ च्याम्पियनसिप २०२१ मा गर्ने निर्णय गरिसकेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय