Comments Add Comment

कोरोना महामारीले एसियामा बढाउँदैछ भेदभाव : रेडक्रस

७ असोज, काठमाडौं । इन्टरनेशनल फेडेरेसन अफ रेडक्रस एण्ड रेड क्रेसेन्ट सोसाइटी (आईएफआरसी)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण एसियामा आप्रवासी तथा विदेशीसहितका कमजोर समुदायमाथिको भेदभाव बढ्दो क्रममा रहेको चेतावनी दिएको छ । मानवअधिकारवादी नियोगले इन्डोनेसिया, मलेसिया, म्यानमार र पाकिस्तानका पाँच हजार मानिसमा गरेको सर्वेक्षणमा करिब आधाले कुनै विशेष समूहलाई कोरोना भाइरसको महामारी फैलिनुको कारण भएको बताएको थियो ।

सर्वेक्षणको क्रममा मुलुकको एक स्थानबाट अर्कोमा गएका र विदेशी नागरिकहरुलाई कोरोना भाइरसको संक्रमण फैलाएको आरोप लगाइने गरेको सर्वेक्षणमा पाइएको छ ।

इन्डोनेसियाका आधाभन्दा धेरै मानिसले विदेशी र कानुन नमान्ने मानिसहरुका कारण मुलुकमा कोरोना संक्रमण फैलिएको बताएका थिए । म्यानमारका चीन र अन्य मुलुकबाट आउने विदेशीले मुलुकमा सं क्रमण बढाएकोमा विश्वास गर्नेहरु धेरै छन् । मलेसियामा दुई तिहाइ मानिसहरु आप्रवासी, विदेशी पर्यटक र अवैध विदेशीहरुको कारण मुलुकमा कोरोना संक्रमण फैलिएको बताउँछन् ।

पाकिस्तानका मानिसहरु पनि सरकारले राम्रोसँग इरानसँगको सीमा बन्द गर्न नसकेका कारण मुलुकमा कोरोना संक्रमण बढेको बताउने धेरै छन् । सर्वेक्षणको क्रममा उच्च शिक्षा हासिल गरेका मानिसहरुले भने कुनै विशेष समुहलाई दोषारोपण नगर्ने गरेको पाइएको थियो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment