+
+
Shares

बाढीले विद्युत प्राधिकरणको जिप बगाउँदा एकजनाको मृत्यु, २ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ७ गते २१:२४
तस्वीर सौजन्य : नारद कोहर

७ असोज, बुटवल । कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको कर्मचारी सवार जिप बगाउँदा एकजनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् । तीन जनाले भने जिपबाट हामफालेर ज्यान बचाएका छन् ।

मृत्यु हुनेमा गुल्मी जिल्लाको तम्घास घर भएका जिप चालक माधव पाण्डे रहेको कपिलवस्तुका शसस्त्र प्रहरी उपरीक्षक धुब्रबहादुर कार्कीले बताए ।

बाणगंगा नगरपालिकाको बनगाइ भलवाड डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलामा आएको बाढीले बा १ ञ १०८९ नम्बरको जिप बगाएको हो । जितपुरबाट पडेरियामा रहेको ट्रान्सफर्मरमा फ्युज बनाएर फर्किने क्रममा उनीहरु सवार जिप बाढीले बगाएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बेपत्ताहरुको खोजी कार्य जारी राखेको कार्कीले बताए । बाढीले बगाएको जिपलाई भने डोजर लगाएर निकालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?