+
+
Shares

पहिरोले सिद्धार्थ र पृथ्वी राजमार्ग अवरुद्ध, वर्षाको बेला यात्रा नगर्न प्रहरीको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते ९:०१
फाइल तस्वीर

८ असोज, बुटवल । भारी वर्षापछि ठाउँठाउँमा पहिरो खस्दा पाल्पामा पर्ने सिद्धार्थ र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिक र तानसेन नगरपालिका–८ डुम्रेमा पहिरो खस्दा बिहानदेखि नै सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा सवारी साधन र तीनमा सवार यात्रु बीचमै रोकिएका छन् ।

यस्तै पाल्पाको रम्भा गाउँपालिका जामुनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । वर्षा नरोकिएका कारण पहिरो पन्छाउन केही घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।

वर्षा भएको समयमा पाल्पा–बुटवल खण्डको सिद्धार्थ राजमार्गमा यात्रा नगर्न पाल्पा प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?