+
+
Shares

स्याङजा पहिरो : एकै परिवारका ९ जनाले ज्यान गुमाए

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते १२:२३

८ असोज, पोखरा । स्याङ्जाको वालिङमा बिहीबार बिहानै गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१४ तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको छ ।

वालिङ-१४ तमागीमा परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको शव फेला परेको छ भने एक जनाको जिवितै उद्धार गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता एवं डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन् ।

पाहुना बस्न मायाको घरमा गएकी उमाको पनि पहिरोमा मृत्यु भयो । उमा र माया दिदीबहिनी हुन् । दीपक, कुलदीप, विक्रम र विवश उनका छोराहरु हुन् । बिनिता र कुलदीपसहित उनका ७ महिने शिशलाई पनि पहिरोले ज्यान लिएको छ ।

पहिरोमा पुरिएर घाइते बनेकी मायाकी १६ वर्षीया छोरीलाई उपचारका लागि पोखरा ल्याइएको छ । बिहीबार बिहानै स्याङ्जाकै कालिगण्डकी गाउँपालिका-४ मा पहिरोमा पुरिएर १६ वर्षीय विष्णु परिवारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?