+
+

तिनाउको बाढीले बगायो घर, आधा दर्जन उच्च जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते १३:३५

८ असोज, बुटवल । भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल–१७ रानीगञ्जमा एउटा घर बगाएको छ । रानीगञ्ज मनकामना टोलमा रहेको सुन्दर गन्धर्वको टिनले छाएको चारकोठे घर बगाएको हो ।

घर बगाए पनि कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । घर बगाउनु पुर्व डोजर लगाएर घरका झ्याल, ढोका र टिन निकालेर सुरक्षित गरी विस्थापित परिवारलाई स्थानीय सरकारी विद्यालयमा अस्थायी व्यवस्थापन गरिएको वडा अध्यक्ष सन्तबहादुर रानाले बताए ।

बाढीले मगरघाट पुल भन्दा दक्षिण पश्चिमतर्फ नदी तटीय क्षेत्र कटान गर्दा उक्त स्थानका आधा दर्जन घरहरु जोखिममा परेका छन् । ‘वर्षा नरोकिए मनकामना टोलका ५–६ वटा घर पनि बग्ने उच्च जोखिममा छन्’ वडाध्यक्ष रानाले भने ।

तिनाउमा बाढीको सतह खतरा भन्दा माथि रहेकाले दिउँसोसम्म सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?