Comments Add Comment

राष्ट्र बैंकले बैंकहरुबाट उठायो ३० अर्ब तरलता

८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ रतलता खिचेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) धेरै भए पछि राष्ट्र बैंकले बोलकवोलको मार्फतबाट ३० अर्ब रुपैयाँ खिचेको हो ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा २ सय अर्ब रुपैयाँ भन्दा धेरै तरलता रहेको छ । बैंकहरुमा तरलता थुप्रिए पछि राष्ट्र बैंकले २८ दिनका लागि बोलकवोलबाट तरलता खिच्न सूचना जारी गरेका थिए । जसमा ३६ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । यो पनि पढ्नुहोस निक्षेपलाई प्रोत्साहन नगरिए पुँजी बाहिरिने जोखिम हुन्छ

उनका अनुसार ३६ बैंक तथा वित्तीय संस्थाहरुले ९२ अर्ब रुपैयाँ २८ दिनका लागि निक्षेप राख्न आवेदन गरेका थिए । त्यस मध्येबाट ३० अर्बको डिपोजिट अक्सशन गरिएको उनले बताए । यसको भारित औसत ब्याजदर ०.४ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment