+
+
Shares

ओपोले असोज ११ गते नयाँ स्मार्टफोन ओपो एफ १७ प्रो सार्वजनिक गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते १८:१९

८ असोज, काठमाडौं । ओपोले आगामी असोज ११ गते आफ्नो नयाँ स्मार्टफोन ओपो एफ १७ प्रो सार्वजनिक गर्ने भएको छ।

कम्पनीले असोज ११ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब)मार्फत आयोजना गरिने अनलाइन लञ्च ईभेन्टमार्फत एफ १७ प्रो सार्वजनिक हुने जानकारी दिएको हो।

लाइभ लञ्च ईभेन्टमा नेपाली चलचित्र जगतका चर्चित कलाकारहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप बिक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राई लगायतको उपस्थिति रहनेछ।

अग्रगामी सोचसहितका डिजाइनमार्फत ओपोले उपभोक्तालाई प्रविधिमार्फत नीजिकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्नेतिर केन्द्रित रहँदै आइरहेको छ।

एफ १७ सिरिजमार्फत यसलाई निरन्तरता दिँदै विशेषगरी ट्रेण्ड सेटर्स यूवाहरुका लागि एफसिरिजको नयाँ समिकरण ओपो एफ १७ प्रो ६ ओटा एआई पोट्रेट क्यामेरा, ३०वाट भोक फ्ल्याशचार्ज ४.० का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवलमिनी डुअल पञ्चहोल डिस्प्ले र नवप्रवर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सहरु पनि उपलब्ध गराएको ओपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?