Comments Add Comment

चार मुलुकसँगको हवाई सेवा सम्झौता असोजभित्रै टुंगिने

८ असोज, काठमाडौं । सरकारले चार मुलुकसँग हवाई सेवा सम्झौताको काम असोजभित्रै टुंग्याउने भएको छ । असोजभित्रै हवाई सेवा सम्झौता तयारी पारी स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाउने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो ।

बंगलादेश, इन्डोनेसिया, रुस, कोरिया र फिनल्याण्डसँग सरकारले हवाई सेवा सम्झौताको तयारी गरेको छ । मन्त्रालयका अनुसार हवाई सेवा सम्झौता असोज भित्रै तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने निर्णय बिहीबार भएको छ ।

यसअघि पर्यटन मन्त्रालयले भदौ दोस्रो साता यी मुलुकसँग हवाई सेवा सम्झौता प्रक्रिया थाल्ने निर्णय गरेको थियो । यी सबै मुलुक समेत नेपालसँग हवाई सेवा सम्झौताका लागि इच्छुक रहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । खासगरी यूरोपबाट नेपालमा सिधा उडानका लागि फिनल्याण्ड नेपालसँग जोडिन चाहेको छ ।

इण्डोनेसियाले त्यहाँ जाने नेपाली पर्यटकलाई सम्भावित बजारका रुपमा हेरेको छ । रुस र नेपालसमेत लामो समयदेखि हवाई सम्बन्ध स्थापनाका लागि इच्छुक छन् । सोहीअनुसार हवाई सेवा सम्झौताको प्रक्रिया अगाडी बढेको हो । नेपालले अहिलेसम्म ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ ।

हवाई इन्धन पुनरावलोकन र भाडा समायोजनको तयारी

यसैबीच पर्यटन मन्त्रालयले वायुसेवा संचालकहरुको माग अनुसार हवाई इन्धन पुनरावलोकनको तयारी गरेको छ । विश्वका धेरै मुलुकमा हवाई इन्धन सस्तो पर्छ ।
नेपालमा भने सरकारले हवाई सेवालाई विलासिताको साधनका रुपमा लिँदै इन्धनमा ठूलो नाफा राख्ने गरेको छ ।

यसले नेपाली कम्पनीहरुको प्रतिस्पर्धी क्षमता कमजोर भएको गुनासो एयरलाइन्सलहरुले गर्दै आएका छन् । उता, इन्धनसँगै भाडा पुनरावलोकन समेत हुने भएको छ ।

यी दुई विषयमा ठोस प्रस्ताव गरी एक साता भित्रै मन्त्रालयमा पेश गर्न मन्त्रालयले हवाई महाशाखा र नेपाल नागरिक उड्डयन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रालयले आन्तरिक उडानमा दोहोरो भाडा समेत हटाउने तयारी गरेको छ ।

एयरलाइन्स कम्पनीहरुले विदेशी र नेपाली नागरिकलाई दुई वटा मूल्यमा भाडा लिने गर्छन् । पर्यटनमन्त्री योगेश भट्टराईले एयरलाइन्सको दोहोरो भाडादर हटाउने घोषणा एक वर्ष अगाडि नै गरेका थिए । मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा सुगम भेगबाट ‘डलर फेयर’ हटाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment