Comments Add Comment

गायक बालासुव्रमण्यमको निधन

दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुव्रमण्यमको निधन भएको छ । उनको ७४ बर्षको उमेरमा आज निधन भएको हो । उनको चेन्नइको अस्पतालमा निधन भएको हो । जतिबेला नायक सलमान खानले बलिउडमा पाइला राख्दै थिए, सो समयमा सलमानको चलचित्रमा बालासुब्रमण्यमको स्वर सुन्न पाइन्थ्यो ।

‘मैने प्यार किया, साजन, हम आप के हे कौन’ लगायतका चलचित्रमा उनले सलमानका लागि स्वर दिएका छन् । उनले नायक साहरुख खान अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’को शिर्ष गीतमा पनि आवाज दिएका थिए ।

दक्षिण भारतमा आफ्नो पहिचान बनाएका यी गायकले सन् १९८१ मा रिलिज भएको हिन्दी चलचित्र ‘एक दुजे के लिए’मा स्वर दिएका थिए ।

दक्षिण भारतमा जन्मिएका यी गायकले आफू मोहम्मद रफीको फ्यान भएको बताएका थिए । उनले, भारतका सुपरस्टारहरु कमल हसन, रजनीकान्त, एमजीआर, साहरुख खान, सलमान खानका लागि गीत गाएका छन् । बालासुब्रमण्यम एक सफल डबिङ आर्टिस्ट पनि थिए । कमल हसनका धेरै तेलुगु चलचित्रमा उनले नै आवाज दिएका छन् । डबिङका लागि उनलाई २ पटक नन्दी पुरस्कार पनि प्राप्त भएको छ ।

यी गायकले एक दिनमै २१ वटा कन्नड गीतमा आवाज दिएर रेकर्ड पनि बनाएका छन् । ४० हजार वटा गीत गाएर उनले गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएका भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment