Comments Add Comment

दाँतमा तार : कुन अवस्थामा आवश्यक हुन्छ ?

काठमाडौं । सामान्यभन्दा फरक (बाङ्गो) खालको दाँतलाई सही बनाउने उपकरणलाई टिथ ब्रेसेस भन्ने गरिन्छ । यसलाई दाँतमा तार लगाउने प्रक्रिया पनि भन्ने गरिन्छ । भद्रगोल रूपमा रहेको दाँतलाई टिथ ब्रेसेसले एउटै पङ्क्तिमा ल्याएर सिधागर्ने गर्छ । यसले भोजन चपाउने प्रक्रिया र दाँतको स्वास्थ्यमा समेत सुधार आउने गर्छ । ब्रेसेस दाँतको बीचको खाली ठाउँ भर्न समेत उपयोगी हुन्छ ।

टिथ ब्रेसेसको उपयोग प्रायः त्यतिबेला गर्ने गरिन्छ जब तल्लो या माथिल्लो बंगाराको दाँत केही बाहिर निस्किएको हुन्छ । दाँत सही पङ्क्तिमा नहुनु या अघिपछि भएको अवस्थामा ब्रेसेसको आवश्यकता पर्छ । दुवै बंगाराको बीचको दाँत आपसमा मिल्दैनन् या दाँत अधिक भित्र या बाहिर भयो भने ब्रेसेसको आवश्यकता पर्ने गर्छ ।

दाँत सिधा बनाउने प्रक्रिया वा टिथ ब्र्रेसेस के हो ?

टिथ ब्रेसेसमा तारवाला उपकरण हुन्छ । जसको उपयोग चलाउन अभ्यस्त भइसकेको अर्थाेडेन्टिस्टले अस्तव्यस्त वा बाङ्गो दाँतलाई मिलाउन प्रयोग गर्ने गर्छन् । सानै उमेरमा दाँत बिग्रिएका मान्छेले किशोरावस्थामा नै यसलाई सिधा बनाउनु ठीक मानिन्छ । यद्यपि वयस्क उमेरमा पनि यसलाई सिधा बनाउनु गलत भने हुँदैन । दाँतमा तार लगाएर त्यसलाई मिलाउनुको अर्थ एकातिर केही दिनमा दाँतको व्यवस्थापन भएर सामान्य अवस्था बनोस् भन्ने हो भने अर्काे खाएको कुरा राम्रोसँग चपाउन सकियोस् भन्ने हो ।

दाँतको सामान्य सुधारको लागि एक अर्काे विकल्प पनि छ । यसमा अलग प्रकारको उपकरणको समेत प्रयोग गर्न सकिन्छ । जसलाई अलाइनर या इनभिजिबल ब्रेसेस भन्ने गरिन्छ । यो उपकरण अनुसार हामीले यसलाई आवश्यक परेको बेलामा दाँतबाट हटाउन पनि सक्छौं । किनकि साधारण ब्रेसेसको जस्तो यो तारबाट बाँधिएको हुँदैन । यो पारदर्शी पनि हुन्छ यसकारण वयस्क मान्छेका लागि यो बढी स्वीकार्य छ ।

क्लियर अलाइनरबाट दाँतलाई सही दिशामा ल्याउन धेरै समय लाग्न सक्छ । तर पनि यसको नियमित उपयोग गर्दा अधिक प्रभावशाली हुने गर्छ । कैयौं मान्छे दाँतको समस्याबाट गुज्रिएका हुन सक्छन् । त्यसको लागि भने फिक्स ब्रेसेस नै उपयुक्त हुन्छ ।

टिथ ब्रेसेसको प्रकार

–मेटल ब्रेसेस या पारम्परिक ब्रेसेस

यो मेटलको त्यो ब्रेसेस वा तार हो । जसको नाम लिनेबित्तिकै फोटो धेरैको दिमागमा आउन सक्छ । आधुनिक ब्रेसेसको आकारमा सानो र बाहिरका मान्छेले कम ध्यान दिने खालको हुन्छ । साथमा शरीरको गर्मीको उपयोग गरेर दाँतलाई छिटै नै सही गरिदिने खालको ब्रेसेस पनि पाउने गरिन्छ । यो प्रकारको ब्रेसेसमा अरुको तुलनामा कम दुखाइ हुने गर्छ ।

सिरेमिक ब्रेसेस

सिरेमिक ब्रेसेस आकार र आकृतिमा मेटल ब्रेसेस जस्तो हुने गर्छ । तर यसको रंग दाँतको रंगसँग मिल्ने या पारदर्शी खालको हुन्छ । केही मान्छे त दाँतको रंगको तार समेत प्रयोग गर्ने गर्छन् जसबाट बाहिर कम देखिने गर्छ ।

लिंगुअल ब्रेसेस

यो पारम्परिक मेटल ब्रेसेसको जस्तै हुन्छ । यसमा फरक यति हुन्छ कि यसमा ब्रेसेस वा तार दाँतको भित्रतर्फ लगाउने गरिन्छ ।

इनविसलाइन

इनविसलाईन १८ देखि ३० प्रकारको विशेष गुणयुक्त हुने गर्छ । यसमा क्लियर प्लास्टिक अलाइनर्सको जस्तो मुखको सुरक्षा हुने खालको हुन्छ । यसलाई आवश्यक परेको खण्डमा निकाल्न सकिन्छ । साथै, हरेक दुई हप्तामा बदल्न पनि सकिन्छ ।

कसरी राख्ने दाँतमा जाली ?

दाँतमा जाली राख्नुपूर्व दाँत र गालालाई छुट्टाएर राख्ने उपकरण प्रयोग गरिन्छ । ताकि राम्रोसँग दाँतलाई देख्न सकियोस् । यो प्रक्रियामा दाँतलाई सुख्खा राख्नुपर्छ । त्यसैले दाँतलाई पालिस गरेर हावाले सुकाउने गरिन्छ ।

दाँतको नजिकै सतहमा ३० सेकेण्डसम्म कण्डिसनरको उपयोग गर्न सकिन्छ । ताकि उनलाई ब्रिकेटमा जोड्नको लागि तयार गर्न सकियोस् । यसलाई सफा गरेर दाँतलाई फेरि सुख्खा बनाउने गरिन्छ ।

ब्रेकेट लगाउने र त्यसमा तार लगाउने प्रक्रियाको लागि १० मिनेटदेखि २० मिनेटसम्म लाग्ने गर्छ । यसबाट करिब ४ देखि ६ घण्टासम्म दुखाइको महसुस हुन सक्छ । यसको लागि चिकित्सकले नदुख्ने औषधि दिन सक्छन् ।

दाँतमा तार लगाउनुको लाभ

दाँतमा तार लगाउँदा निम्नलिखित फाइदा हुन सक्छ ।

–ब्रेसेस लगाउनुको सबैभन्दा ठूलो फाइदा भनेकै यसले हाम्रो दाँतलाई सिधा बनाउँछ । बाङ्गो दाँत आफैँमा स्वास्थ्यको लागि समेत समस्यादायक हुन्छ । त्यसैले त्यसको उपचारको लागि यो उपयोगी हुन्छ ।

–यसले मानसिक रूपमा समेत सहज महसुस गराउँछ ।

–ब्रेसेसले भविष्यमा बाँगो दाँतका कारण हुने समस्या आदिबाट समेत बचाउने गर्छ ।

दाँतमा तार लगाउँदाको बेफाइदा

दाँतमा तार लगाउनु आम हिसाबले एक सुरक्षित प्रक्रिया हो । तर केही जोखिम पनि यसमा हुन सक्छ । जुन निम्नलिखित छ ।

–ब्रेसेस दाँतको माथि सानो खाल्डो जस्तो बनाउँछ । त्यसमा खाना जम्मा हुने सम्भावना हुन्छ । यदि त्यसलाई समयमा सफा नगर्ने हो भने दाँतमाथिको सतहमा मिनरल्स जम्मा हुन्छ ।

–जब दाँत आफ्नो ठाउँबाट निस्किन्छ भने दाँत कमजोर हुने गर्छ । अधिकांश समय यसले समस्या सिर्जना गर्नसक्छ ।

-यदि अर्थाेडेन्टिस्टको सल्लाह नलिने हो भने एक पटक दाँतको उपचारगरिसकेपछि फेरि पनि पुरानै समस्या दोहोरिन सक्छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment