+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट

सेनाले थाल्यो छानविन

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १० गते १५:१४

१० असोज, काठमाडौं । शान्ति स्थापनार्थ कंगोमा खटिएको सैनिकमाथि अधिकृतहरुबाट भएको कुटपिटबारे नेपाली सेनाले छानविन थालेको छ ।

सैनिक आचार संहिता र मर्यादा विपरित भएको यो घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाति कोर्ट अफ इन्क्वायरी सुरु भएको जङ्गी अड्डाले जनाएको छ ।

कंगोकै रहेका सिनियर मेयरको नेतृत्वमा छानविन सुरु भएको हो ।

स्रोतका अनुसार यो घटना बिहीबार रातिको हो । सैनिक अधिकृतहरु इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई कुटपिट गरेका थिए ।

हल्ला गरिरको समूहलाई शान्त रहन भन्दा पनि नमानेकाले कुटपिट गरेको उनीहरुको दाबी छ । जवानहरुले भने मादक पदार्थ सेवन गरेर आफूहरुमाथि कुटपिट गरेको बताएका छन् ।

प्रारम्भीक अध्ययनका क्रममा दुबै पक्षबाट सैनिक आचार संहिता उल्लंघन भएको देखिएको सैनिक स्रोतले बताएको छ । छानविनपछि कसको दोष के हो र सैनिक ऐनअनुसार कस्तो कारबाही गर्ने भन्ने थाहा हुने जङ्गी अड्डा स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?