
१० असोज, काठमाडौं । शान्ति स्थापनार्थ कंगोमा खटिएको सैनिकमाथि अधिकृतहरुबाट भएको कुटपिटबारे नेपाली सेनाले छानविन थालेको छ ।
सैनिक आचार संहिता र मर्यादा विपरित भएको यो घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाति कोर्ट अफ इन्क्वायरी सुरु भएको जङ्गी अड्डाले जनाएको छ ।
कंगोकै रहेका सिनियर मेयरको नेतृत्वमा छानविन सुरु भएको हो ।
स्रोतका अनुसार यो घटना बिहीबार रातिको हो । सैनिक अधिकृतहरु इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई कुटपिट गरेका थिए ।
हल्ला गरिरको समूहलाई शान्त रहन भन्दा पनि नमानेकाले कुटपिट गरेको उनीहरुको दाबी छ । जवानहरुले भने मादक पदार्थ सेवन गरेर आफूहरुमाथि कुटपिट गरेको बताएका छन् ।
प्रारम्भीक अध्ययनका क्रममा दुबै पक्षबाट सैनिक आचार संहिता उल्लंघन भएको देखिएको सैनिक स्रोतले बताएको छ । छानविनपछि कसको दोष के हो र सैनिक ऐनअनुसार कस्तो कारबाही गर्ने भन्ने थाहा हुने जङ्गी अड्डा स्रोतले जनाएको छ ।
प्रतिक्रिया 4