Comments Add Comment

विद्यालय सञ्चालन गर्ने मिर्चैया नगरपालिकाको निर्णय

१० असोज, जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिकाले आइतबारदेखि नगरका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको शुक्रबार बसेको बैठकलेसामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय संचालन गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा अधिकृत भरत कुमार बानियाले बताएका छन् ।

विद्यालय प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउने निर्णय समितिले गरेको छ । कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने सिफ्टमा सञ्चालन गर्ने र एउटा डेस्कमा दुई जना विद्यार्थी मात्र राख्नुपर्नेछ ।

विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ र पाठ्यक्रम विकास केन्द्रबाट जारी गरिएको पाठ्यक्रम समायोजन ढाँजा २०७७ लाई मध्यनजर राख्दै पठनपाठन गर्न र विद्यार्थीलाई गृहकार्य दिने र मूल्यांकन गर्ने गर्नुपर्ने समेत समिचिदे भनेको छ । लकडाउन अवधि वैशाखदेखि भदौसम्म कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने नगर शिक्षा समितिको निर्णय छ ।

शिक्षा समितिको बैठकले कुनै समुदायको घर परिवार कोरोनाबाट संक्रमित भएमा बालबालिकालाई विद्यालयमा नआउन जानकारी गराउने निर्णय गरेको छ ।

विद्यार्थीलाई रुघाखोकी, ज्वरो लागेमा त्यस्तालाई विद्यालयमा नआउन भन्ने तथा चेकजाँच गर्न जाने व्यवस्था मिलाउने निर्णय भएको बानियाले जारी गरेको सूचनामा उल्लेख छ । कुनै व्यक्तिमा कोरोनाका लक्षण देखिएमा तुरन्त नजिकको स्वास्थ्य केन्दमा सम्पर्क गर्ने र शिक्षक, कर्मचारी र विद्यार्थीको नियमित उपस्थित हुने व्यवस्था मिलाउन पनि सबै विद्यालयलाई निर्देशन दिएको छ ।

कोरोना संक्रमणबाट जोगिन भएको बन्दाबन्दीका कारण पछिल्लो ६ महिना यता मुलुकभरकै विद्यालय बन्द रहेको छ ।

शनिबार मात्र शिक्षा पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले तत्कालका लागि विद्यालय नखोल्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment