+
+

श्रद्धाको बयान–‘सुशान्तले भ्यानेटी भ्यानमा ड्रग्स लिएको देखेकी थिएँ’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १० गते १७:४४

ड्रग्स मुद्दामा नाम जोडिएपछि नायिका श्रद्धा कपुर आज एनसीबीको अफिसमा बयानका लागि पुगेकी छिन् । उनलाई एनसीबीका ६ जना सदस्यले विभिन्न प्रश्न सोधेका थिए । आफ्नो बयानका क्रममा श्रद्धाले ड्रग्स लिएको कुरालाई अस्विकार गरेकी छिन् ।

चलचित्र ‘छिछोरे’को सफलता पार्टीमा आफू सहभागी भएको उनले स्विकार गरेकी छिन् । तर, सो पार्टीमा आफूले अल्कोहल पिएको तर ड्रग्स नलिएको उनले बयान दिएकी छिन् । चलचित्र ‘छिछोरे’मा श्रद्धाले नायक सुशान्त सिंह राजपुतसँग काम गरेकी थिइन् । सुशान्तको गेष्ट हाउस पवानामा भएको पार्टीमा श्रद्धा सहभागी भएकी थिइन् ।

भारतीय मिडियाका अनुसार श्रद्धाले बयानका क्रममा चलचित्रको छायांकनका क्रममा सुशान्तले आफ्नो भ्यानेटी भ्यानमा ड्रग्स सेवन गरेको बयान दिएकी छिन् । श्रद्धासँगै आज नायिका दीपिका पादुकोण, साराअली खानको पनि एनसीबीले बयान लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?