+
+

मकवानपुरमा खोलाले बगाउँदा दम्पतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ११ गते १३:२२
प्रतिकात्मक तस्वीर ।

११ असाेज, हेटाैंडा । मकवानपुरमा सामरी खाेलाले बगाउँदा आइतबार एक दम्पतीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका-६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिकाकाे झल्ला भन्ने ठाउँमा सामरी खोला तर्ने क्रममा आइतबार बिहान उनीहरुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिकाकाे वडानम्बर ३ नम्बरतर्फ उनीहरु हिँडेका थिए ।

खोलाले बगाएका उनीहरुलाई करिब ६५ मिटर तल पुर्‍याएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टाेली घट्नास्थलतर्फ गइसकेको उनले बताए ।

शुक्रबार र शनिबार मात्रै मकवानपुरमा खोलाले बगाउँदा तीन जनाको मृत्यु भएको थियो । स्थानीय खोलाहरुमा आएको बाढीले बगााउँदा हेटौंडा–१९, कैलाश र भीमफेदी गाउँपालिकामा गरी तीन जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?