+
+
Shares

राष्ट्र बैंकका डेपुटी गभर्नरलाई देखियो कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ११ गते १६:१०

११ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्र बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि गत बुधबार परीक्षणका लागि स्वाब दिएका डेपुटी गभर्नर श्रेष्ठलाई बिहीबार कोरोना पुष्टि भएको हो ।

आफूलाई बिहीबार कोरोना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिरहेको श्रेष्ठले जानकारी दिए । कोरोना लागेपनि आफू स्वस्थ रहेको उनले बताए ।

‘पुष्टि हुनु भन्दा अगाडि रुघाखोकी लागेपनि अहिले स्वस्थ छु’ अनलाइनखबरसँगको कुराकानीमा श्रेष्ठले भने, ‘डराउनुपर्ने केही छैन, कुनै असहज लक्षण पनि देखिएको छैन ।’

हालसम्म परिवारका अन्य सदस्यमा पुष्टि भइनसकेको उनले जानकारी दिए । डेपुटी गभर्नर श्रेष्ठलाई कोरोना संक्रमण भएसँगै केन्द्रीय बैंकका कर्मचारीहरुमा कोरोना पुष्टि भएकाको संख्या ३१ पुगेको छ ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालयदेखि विभिन्न विभाग, महाशाखा तथा प्रदेश कार्यालयहरुका कर्मचारीहरुमा कोरोना देखिएको थियो । राष्ट्र बैंक श्रोतका अनुसार ३१ कर्मचारी र ती कर्मचारीका आफन्त गरेर हालसम्म ६५ जनामा कोरोना पुष्टि भइसकेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?