+
+

एपेक्स कलेजद्वारा महामारीको समयमा विद्यार्थीलाई सहयोग घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ११ गते १८:२०

११ असोज, काठमाडौं । कोभिड १९ को महामारीको क्रममा विद्यार्थी र तिनका परिवारले भोगेका स्वास्थ्य एवं वित्तिय समस्यालाई ध्यानमा राख्दै एपेक्स कलेजले फल २०२० को भर्नाको लागि आवेदन दिई एमबीए र एमबीए इभिनिङ्गमा भर्ना हुने विद्यार्थीहरुको लागि एउटा राहत सहयोगको घोषणा गरेको छ ।

कलेजले आफ्नो सामाजिक दावित्व समेतलाई ध्यानमा राखी राहत सहयोगलाई विशेष प्राथमिकता दिएको बताएको छ । यस राहत सहयोग अन्र्तगत “कोभिड १९ महामारी छूट” को घोषणा गरी सम्पूर्ण विद्यार्थीहरुलाई ट्यूसन फीमा तिस (३०) प्रतिशत छूट दिने घोषणा गरेको छ ।

जसले अभिभावक तथा विद्यर्ाीहरुको आर्थिक भारमा ठूलै राहत पुग्ने विश्वास लिएको कलेज स्रोतले जनाएकोे छ ।

त्यस्तै गरी दोस्रो सहयोग अन्र्तगत कलेजले “२० औं वाषिर्कोत्सवविशेष छात्रवृति” घोषणा गरी पोखरा विश्वविद्यालयले लिने प्रवेश परिक्षा तथा अन्र्तवार्तामा योग्य एवं जेहेन्दार विधार्थीहरुलाई उनिहरुको शैक्षिक योग्यताको आधारमा एमबीएमा भर्ना हुने विद्यार्थीहरु मध्ये ४० जनाविधार्थीहरुलाई ट्यूसन फीमा बढीमा चालिस (४०) प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

गत २०२० को स्प्रिङ्ग समेस्टरमा पनि कलेजले “२० औं वाषिर्कउत्सव छात्रवृति” घोषणा गरी एमबिए र एमबिए इभिनिङ्गमा शीर्ष ४० विधार्थीहरुलाई छात्रवृति प्रदान गरेको थियो । उक्त छात्रवृत्ति पोखरा विश्वविद्यालयले प्रत्येक समेस्टरमा ६ जना विद्यार्थीहरुलाई प्रदान गर्ने छात्रवृत्तिभन्दा अलग्गै रहेको कुरा पनि कलेज स्रोतले जनाएको छ ।

यी छात्रवृतिहरुले योग्यएवं जेहेन्दार विद्यार्थीहरुलाई आर्कषित गर्ने र कलेजमा स्वस्थ्य शैक्षिकवातावरण सिर्जनागर्ने आपेक्षा कलेजले लिएको छ ।

“हामी कहिल्यै पनि आफ्नो सामाजिक दायित्वबाट अलगहुन सक्दैनौै र हामीलेविगतदुई दशकमा समाजप्रति उत्तरदायी भई सामाजिक मूल्य मान्यताहरुको बिजारोपण गरेका छौं , जसको कारणले प्रभावकारी र नैतिक आचरणयुक्त स्नातकहरु कलेजले उत्पादन गर्न सकिरहेको छ । र यसले हामीलाई हाम्रो सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रेरणा प्रदान गरेको छ,” कलेज स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?