+
+

कमलको फूल : जीवन–दर्शनदेखि आयुर्वेदसम्म 

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १०:१७

कमलको फूल । पानीको सतहमा तैरिरहने यो मदमोहक फूललाई धार्मिक विश्वासदेखि जीवन–दर्शनसम्म जोडेर व्याख्या गरिन्छ । यसलाई ऐश्वर्य वा सुखको सूचक पनि मानिन्छ । कमललाई पुष्पराजको संज्ञा दिइदै आएको छ ।

धार्मिक ग्रन्थ अनुसार भगवान विष्णुको नाभिबाट कमलको फूल उत्पन्न हुन्छ र त्यसमाथि विराजमान व्रम्हाजीवाट सृष्टिको रचना भयो । कमलको फूललाई ब्रम्हा, लक्ष्मी र सरस्वतीको आसन बनाइएको छ । अनेक प्रकारका यज्ञ एवं अनुष्ठानमा कमलको फूल निश्चित संख्यामा चढाउनुपर्ने विधी विधान छन् ।

कमलको फूल हिलो वा दलदलमा पनि फुल्छ, जसले प्रतिकुलताबाट माथि उठेर पवित्र जीवन बाँच्न प्रेरित गर्छ । बैद्ध धर्मको ललित विस्तार ग्रन्थमा कमलको फूललाई अष्टमंगल मानिएको छ ।

कमलको फूल नेपाली समाजमा प्राचीनकालदेखि नै चर्चित र पवित्र फूल हो । यसलाई पूजाआजा, सजावटदेखि आयुर्वेदिक औषधिको रूपमा समेत प्रयोग गर्ने गरिन्छ ।

यसलाई एउटा एन्टोजेनिक औषधिको रूपमा पनि प्रयोग गर्ने गरिन्छ । जसले मनलाई परिवर्तन गर्न मद्धत गर्छ । भनिन्छ, कमलको फूलले हाम्रो मनलाई शान्त बनाइ राख्न मद्धत गर्ने गर्छ । यसले हाम्रो समस्याग्रस्त चेतनालाई पनि नियन्त्रण गर्न मद्धत गर्छ । यो फूलको साइकोएक्टिभ र औषधीय प्रभावका लागि यसभित्र हुने एपोमोर्फिन र न्युसिफेरिन यौगिकलाई जिम्मेवार मान्ने गरिन्छ । कमलको फूलबाट बनेको चिया पिउनाले रक्तचाप नियन्त्रणमा मद्धत पुग्ने गर्छ ।

कमलको फूलबाट स्वास्थ्य लाभ

हिजोआज मानिसहरूमा आफ्नो स्वास्थ्यको लागि आधुनिक औषधिभन्दा पनि प्राकृतिक चिकित्सा उपयोगी हुन्छ भन्ने अनुभूति धेरै हुने गरेको छ । यस कारणले अन्य जडीबुटी जस्तै कमलको फूलबाट बनेको औषधीजन्य पदार्थ पनि धेरैको रोजाइमा पर्ने गरेको छ । कमलको फूलले स्वास्थ्यमा पार्ने फाइदाहरू निम्नलिखित छन् ।

१. थकान वा तनाव कम गर्न सहयोगी

कमलको फूललाई नियमित विभिन्न तरिकाले खानाले हामीमा थकान वा तनाव कम हुने गर्छ । शरीरमा धेरै वा थोरै तापक्रम हुने समस्या र शक्तिचापको समस्या छ भने पनि कमलको फूल त्यसलाई नियन्त्रणको लागि उपयोगी हुने गर्छ । मन शान्त हुन्छ र बेलुका सहजै निद्रा पनि लाग्न यसले मद्धत गर्छ । यसले थकान महसुस हुने समस्या समाधानमा समेत सहयोगीको भूमिका खेल्ने गर्छ ।

२. दीर्घरोगलाई न्यूनीकरण

के तपाईं दीर्घ रोग वा दुखाइबाट पीडित हुनुहुन्छ ? यदि यस्तो समस्या छ भने यसको लागि समेत दैनिक हर्बलआहारकोे रूपमा नीलो कमलको फूल सेवन गर्न सकिन्छ । यसमा थोरै मात्रामा एन्टिअक्सिडेन्ट पाउने गरिन्छ । जसमा दुखाइ निवारक गुण पाउने गरिन्छ । त्यसैले नीलो कमलको डाँठ प्रयोग गरेर पनि बिरामीको समस्यालाई समाधान गर्र्न सकिन्छ । पहिलेपहिले यसको प्रयोग गठिया र क्यान्सरको न्यूनीकरणमा समेत गर्ने गरिन्थ्यो । चियाका अलावा नीलो कमल पनि बिहान चिया या खाजा खाने समयमा प्रयोग गर्ने गरिन्थ्यो ।

३ एन्जाइटीमा कमी ल्याउँछ

कमलको फूलले शरीरमा स्वस्थ सञ्चार प्रणालीलाई पनि  प्रवद्र्धन गर्ने गर्छ । जसको अर्थ हो कि यसले शरीरको रगत प्रवाह प्रणालीलाई सुदृढ गराउँछ । यसले दिमागलाई तेज बनाउनुका साथै स्मरण शक्ति बढाउन पनि मद्धत गर्छ ।

कमलको फूलबाट बनाउने हर्बल टी

बिहान कमलको फूलबाट बनेको हर्बल चिया सबैको लागि लाभदायक हुन सक्छ । यस्तो चिया बनाउनको लागि

–एकपत्ति कमलको फूल ।

–एक गिलास पानी र अलिकति अलैंची

–त्यसमाथि अलिकति चिनी र चियापत्ति ।

–यसमा कमलको फूल

–सबैलाई सँगै आगोमा उमालौं । त्यसमा दूध थप्नुहोस् र चियालाई राम्रोसँग उमाल्नुहोस् ।

यसरी दैनिक कमलको फूलयुक्त चियाको साथ दिनको सुरुवात गर्नाले तपाईंमा ऊर्जा बढ्नेछ । यो चियाले मान्छेमा प्रतिरक्षा प्रणालीको वृद्धि गर्न पनि सहयोग गर्ने गर्छ । त्यसैले शारीरिक र मानसिक विकासको लागि कमलको फूलको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?