Comments Add Comment

स्कुटर दुर्घटनामा सांसद स्नेही घाइते

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ सवारी दुर्घटनामा परेका छन् ।

सोमबार बिहान सीतापाइलाबाट बानेश्वरतर्फ आउँदै गर्दा साँढे सात बजेतिर टेकुमा स्नेही सवार बा ६५ प ५६७३ नम्बरको स्कुटरलाई बा २ ख ९८१० नम्बरको माइक्रोबसले ठक्कर दिएको हो ।

सांसद स्नेहीका साथी नवराज वस्तीका अनुसार उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई दायाँ हातमा र खुट्टामा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment