Comments Add Comment

केटीएम ३९० एड्भेन्चर सार्वजनिक, मूल्य ९ लाख ९९ हजार

१२ असोज, काठमाडौं । केटीएम ३९० एड्भेन्चर नेपाली बजारमा सोमबार सार्वजनिक भएको छ । नेपालमा केटीएम तथा बजाज बाइकको आधिकारिक वितरक हुलास अटोक्राफ्ट प्रालिले सोमबारदेखि नेपाली बजारमा बिक्री सुरु गरेको हो ।

हाल कम्पनीले दसैं लक्षित गर्दै तीन दुईवटा नयाँ मोडल र एउटा नयाँ ब्रान्ड नै भित्र्याइसकेको छ ।

यस्ता छन् विशेषता

नेपालमा केटीएमको यो पहिलो अफरोड बाइक हो । यो बाइकमा एलइडी एडलाइट, एलइडी टेल लाइट, ह्यान्डलबार, ठूलो र फराकिलो सिट दिइएको छ । केटीएम ३९० एड्भेन्चरमा १४.५ इन्धन क्षमता दिइएको छ ।

२७३.२ सीसीको सिंगल सिलिन्डर इन्जिन दिएको यो बाइकले ४४ एचपीमा ९ हजार आपीएम पावर जेनेरेट गर्छ भने ३७ एनएममा ७ हजार आपीएम टक्र्यु जेनेरेट गर्छ । यरो ५ बीएससी सिक्स, एबीएस फिचरमा आएको यो बाइक ओरेन्ज र सेतो कलरमा मात्रै छ ।

६ स्पीड म्यानुअल गियर बक्स, मोबाइल ब्ल्युथुत कनेक्टीभिटी, डिजिटल घडी यस्का मुख्य विशेषता हुन् । केटीएम एड्भेन्चरले रोयल इन्फिल्ड हिमालय एड्भेन्चर र बीएमडब्ल्यु जी ३१० जीएससँग कडा प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसको मूल्य ९ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment