+
+
Shares

अस्कर अवार्डका लागि आवेदन खुल्ला

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १३ गते ११:५८

कोरोना भाइरसका कारण पछि सरेको अस्कर अवार्डका लागि आवेदन खुल्ला गरिएको छ । अस्कर अवार्डको ९३ औं श्रृङ्खलाको लागि नेपालको अन्तरराष्ट्रिय फिचर फिल्म छनोट समितीले आवेदन खुलाएको हो ।

असोज १३ गतेदेखि असोज २९ गतेसम्म अस्कर अवाडएमा सहभागी हुन चाहने नेपाली चलचित्रकर्मीले आफ्नो चलचित्र आवेदन दिन सक्नेछन् । हरेक बर्ष फ्रेवुअरीमा हुँदै आएको अस्कर अवार्डको ९३ औं श्रृङ्खला भने आउँदो बर्षको अप्रिलमा हुनेछ । यस बर्ष अस्कर अवार्डमा सहभागीताका लागि केही नियम परिवर्तन गरिएको छ ।

अघिल्ला बर्षहरुमा कुनै पनि चलचित्र हलमा रिलिज भएर एक साता हलमा चलेकै हुनुपर्ने नियम थियो । यसपटक भने, प्रदर्शन मिति तोकेर पनि रिलिज हुन नपाएका चलचित्रले सहभागीता जनाउन पाउनेछन् ।

नेपालको अस्कर कमिटीका अध्यक्ष बिमल पौडेलका अनुसार, हलमा रिलिज हुन नपाएका चलचित्रका निर्माताले सरकारबाट मान्यता प्राप्त हलबाट चलचित्र रोकिएको पत्र वुझाउनुपर्नेछ ।

नेपाली चलचित्रले अस्कर अवार्डमा बर्षेनी सहभागीता जनाएपनि कुनै सफलता भने पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?