Comments Add Comment

अब कोरोना एन्टिजिन परीक्षणको नतिजा १५ देखि २० मिनेटमै आउनेछ  : डब्ल्यूएचओ

१३ असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९)को एन्टिजिन परीक्षण गर्ने नयाँ टेस्टले गरिब तथा कम आम्दानी भएका मुलुकमा संक्रमण पहिचान गर्ने क्षमता तीव्र गतिमा बढ्नसक्ने बताएको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघेसँगै डब्ल्यूएचओले यस्तो बताएको हो । विश्वभर कोरोनाबाट मृत्यु हुनेमध्ये आधाभन्दा धेरैको मृत्यु अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा भएको छ ।

डब्ल्यूएचओका अनुसार नयाँ परीक्षणको खर्च केवल पाँच डलर पर्न आउँछ । जसको कारण स्वास्थ्यकर्मी र प्रयोगशालाको अभाव भएका मुलुकमा यो परीक्षण निकै महत्वपूर्ण रहन सक्छ डब्ल्यूएचओका अनुसार यस किसिमको परीक्षण गर्न सक्ने प्रविधिको विकास गर्ने कम्पनीसँग भएको सम्झौता अनुसार अबको ५ महिनामा १२ करोड मानिसको कोभिड–१९ विरुद्धको एन्टिजिन परीक्षण गर्न सकिन्छ ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधानम गेब्रेयेससले नयाँ प्रविधिले १५ देखि २० मिनेटमा कोरोना परीक्षणको नतिजा दिने बताएका छन् । औषधि निर्माता एबोट एण्ड एसडी बायोसेनरले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनसँग मिलेर १२ करोड टेस्ट्स तयार पार्ने सहमति जनाइसकेको छ ।

नयाँ परीक्षणबाट विश्वका १३३ मुलुक लाभान्वित बन्ने बताइएको छ । जसमा ल्याटिन अमेरिकाका धेरै मुलुकहरु पनि समावेश छन्, जहाँ उल्लेख्य मात्रामा कोरोना संक्रमण बढिरहेको छ । डब्ल्यूएचओका महानिर्देशकले अहिले कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेका मुलुकका लागि यो परीक्षण महत्वपूर्ण उपलब्धि हुन सक्ने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment