Comments Add Comment

एम्नेस्टिले भारतमा रोक्यो आफ्ना सबै काम

१३ असोज, काठमाडौं । मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था एम्नेस्टि इन्टरनेशनलले भारतमा जारी रहेको आफ्नो सबै काम रोक्ने निर्णय गरेको छ । भारतले एम्नेस्टिको बैंक खाता रोक्का गरिदिएपछि एम्नेस्टिले यस्तो निर्णय गरेको हो ।

भारतको दक्षिणपन्थी सरकारले बैंक खाता रोक्का गर्दै संस्थालाई आफ्ना सबै कर्मचारीलाई बिदा दिन र आफ्नो अभियान तथा अनुसन्धानको काम रोक्न बाध्य गराएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एम्नेस्टिले जारी गरेको विज्ञप्तिमा सरकारले निरन्तर संस्थाले गर्दै आएको काममाथि प्रहार गरेको आरोप लगाइएको छ । भारतले एम्नेस्टिमाथि निराधार र पूर्वाग्राहीरुपमा विभिन्न आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो दुई वर्षदेखि निरन्तर संस्थामाथि प्रहार गरिनु र बैंक खाता पूर्णरुपमा रोक्का गरिनुलाई संयोग मात्र मान्न नसकिने एम्नेस्टि इन्टरनेशनल इन्डियाका कार्यकारी निर्देशक अभिनाश कुमारले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सरकारलाई पारदर्शी बन्न गरेको आग्रह, पछिल्लो समय दिल्ली प्रहरीमाथि गरिएको पारदर्शीताको प्रश्न, जम्मु कश्मीर र दिल्लीमा भएको प्रदर्शनमा मानव अधिकारको उल्लंघनको विषयमा सरकारलाई गरिएको प्रश्नजस्ता कार्यको कारण सरकार एम्नेस्टिप्रति रुष्ट बनेको विज्ञप्तिमा उल्लेख छ ।

भारतमा एम्नेस्टिले केही नगरेपछि अन्यायको विरुद्धमा आवाज उठाउँदै आएको विज्ञप्तिमा उल्लेख छ । यस विषयमा भारत सरकारले भने अहिलेसम्म आफ्नो कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment