Comments Add Comment

क्लबसँगको विवादबारे मेसीले भने : मैले जे गरेँ बार्सिलोनाका लागि गरेँ 

१४ असोज, काठमाडौं । अर्जेन्टिनी स्टार खेलाडी लिओनल मेसीले स्पेनिस क्लब बार्सिलोना आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

गत महिना क्लब छाड्न चाहेको घोषणा गरेका मेसी क्लबसँग केही विवादपछि पुन बार्सिलोनामै बस्न सहमत भएका थिए । उनले हालै एक अन्तर्वार्तामा आफूले क्लबसँगको असहमति अन्त गर्न चाहेको बताए ।

उद्धेश्य हासिल गर्न र सधैँ एकजुट हुनको लागि उत्साह देखाउनुपर्ने भन्दै मेसीले आफ्नो गल्ती पनि स्वीकार गरेका छन् । ‘म आफ्ना गल्तीहरूका लागि जिम्मेवारी स्वीकार्छु, यदि केही थिए भने केवल राम्रो र बलियो बार्सिलोना बनाउनका लागि थियो’ उनले भने ।

मेसीले आफ्नो भनाइ वा व्यवहारबाट कसैलाई चित्त दुखेको भए पनि शंका नगर्न आग्रह गरेका छन् । ‘किनकी मैले क्लबको लागि सबै भन्दा राम्रो चीजको बारेमा सोच्दै गर्दा यो गरें’ उनले क्लबसँगको आफ्नो विवादबारे प्रष्टिकरण दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment