Comments Add Comment

नेपाल एयरलाइन्समा विदेशी पाइलटमाथिको खर्च ७७ प्रतिशत कटौती

१५ असोज, काठमाडौं । कोरोना भाइरसको महामारी र त्यसको नियन्त्रणका लागि सरकारले लिएको प्रतिवन्धका कारण सबैतिर व्यापार व्यवसायमा मन्दी छाएको छ । सोही क्रममा नेपाल एयरलाइन्सले समेत विदेशी पाइलटमाथिको खर्चमा कोरोनायता ७७ प्रतिशतसम्म खर्च कटौती गरेको जानकारी दिएको छ ।

कोरोना भाइरसको महामारी अगाडी वाइडबडी जहाज ए३३० विमान दैनिक १३ घण्टा उड्ने गरेको थियो । यी जहाजलाई दैनिक उडानमा लगाउन निगमले कुल १४ जना विदेशी पाइलट तथा लाइन पाइलटको व्यवस्था गरेको थियो ।

उनीहरुका लागि मासिक ३ करोड २३ लाख रुपैयाँ खर्च भइरहेको थियो । तर, लकडाउन यता विदेशी पाइलटमाथिको खर्च मासिक ७३ लाख ७१ हजारमा झरेको नेपाल एयरलाइन्सले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार चैत २०७६ देखि करारमा रहेका पाइलटलाई मासिक १० दिन बेतलवी बिदा दिइएको थियो । त्यसका लागि चैतदेखि नै विदेशी विमान चालकको हकमा ५०-६० प्रतिशत सेवा सुविधा र पारिश्रमिक कटौती गरिएको छ ।

नेपाल एयरलाइन्सका अनुसार करारमा रहेका ७ जना विदेशी पाइलटको अहिले करार सेवा नवीकरण गरिएको छैन । अहिले भइरहेका उडान व्यवस्थापनका लागि ६ जना विदेशी पाइलटको मात्र करार नवीकरण भएको नेपाल एयरलाइन्सले उल्लेख गरेको छ ।

एक जना पाइलटको भने करार पूर्ण रुपमा भंग गरिएको छ । विगतमा १२ हजार डलरसम्म मासिक तलव घटेर अहिले मासिक तलव समेत ४ हजार अमेरिकी डलर र बसोबास खर्च १ हजार खर्च मात्र कायम गरिएको निगमले जनाएको छ ।

नेपाल एयरलाइन्सका अनुसार लकडाउन र निषेधाज्ञाको समयमा विदेशी भन्दा नेपाली पाइलटको प्रयोग भएको छ । जसले गर्दा उनीहरुको आम्दानीसमेत माथि पुगेको छ । अहिले नेपाली पाइलटको मासिक आम्दानी औसतः ५ लाख २९ हजार रहेको नेपाल एयरलाइन्सले जनाएको छ ।

ए३३० उडाउने नेपाली पाइलटको औसतः मासिक आम्दानी (साउन र भदौ)

एमएम डंगोल : ५२९०६३

एसके श्रेष्ठ : ५१०७३२

श्रवण रिजाल : ५५७२२९

विजय लामा : ५१९७२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment