+
+
Shares

लालीगुँरासले शुरु गर्‍यो एटीएम सेवा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १५ गते १६:०८

१५ असोज, काठमाडौं । श्री लालीगुरास सहकारी संस्था लिमिटेडले एटीएम सेवा शुरु गरेको छ । पुल्चोक स्थित मुख्य कार्यालयमा सुरु गरिएको एटिएम बुथको बिहीबार संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले उद्घाटन गरे । संस्थाको २२ औं स्थापना दिवसको अवसरमा एटीएम सेवा शुरु गरेको हो ।

करिब २१ हजार शेयर सदस्यले हिजो बिहीबारबाट एटिएम सेवा प्रयोग गर्न सक्ने संस्थाका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए । उनले निकट भविष्यमा आफ्ना अन्य सुविधा काउण्टरहरुमा समेत एटिएम बुथ स्थापना गरी सेवा दिने बताए ।

संस्थाले बिहीबारबाटै आफ्नो लगानीमा स्थापना भएको लालीगुँरास दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरेको छ । उद्योगको संस्थाका अध्यक्ष श्रेष्ठ र कार्यकारी अधिकृत भण्डारीले गरेका थिए ।

संस्थाले बिहीबारबाटै दुग्धजन्य पदार्थ बिक्री गर्न शुरु गरेको छ । कार्यकारी अधिकृत भण्डारीले व्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, घ्युको बिक्री वितरण शुरु गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?