
१५ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीइओ सुशील ज्ञवालीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले ट्वीट गर्दै यसको जानकारी दिएका छन् ।
पुनर्निर्माणको काममा सक्रिय रुपमा लागिरहेका बेला केही लक्षण देखिएको र परीक्षण गराउँदा कोभिड १९ रिपोर्ट पोजेटिभ देखिएको उनले उल्लेख गरेका छन् । आफू होम आइसोलेसनमा रहेको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4