+
+

सिटी एक्सप्रेसको “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा”

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १५ गते २१:०६

सिटी एक्सप्रेस मनी ट्रान्सफरले जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १० हजार हातमा योजना सार्वजनिक गरेको छ। नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्ने उद्येश्यले सिटीम मनी ट्रान्सफरले उक्त योजना सर्वजनिक गरेको हो।

उक्त योजना २ महिनासम्म चल्ने सिटी मनी एक्सप्रेसले जानकारी दिएको छ। सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत २ महिनासम्म हरेक दिन १ जना विजेतालाई १० हजार रुपैयाँ उपहार प्रदान गरिने सिटी मनी एक्सप्रेसले जानकारी दिएको छ।

कम्पनीका अनुसार यस “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा” अफर असोज १५ गते देखि मंसिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उक्त उपहार योजनामा सहभागी हुन सक्नेछन्।

उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने छ। उक्त योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु नहुने सिटी एक्सप्रेसले जनाएको छ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?