Comments Add Comment

डिशहोममा बलिउड चलचित्र ‘खाली पिली’ रिलिज हुँदै

१६ असोज, काठमाडौं । नेपालमै पहिलोपटक बलिउडको चलचित्र पे पर भ्युमार्फत हेर्न पाउने सुविधा डिशहोमले सुरु गरेको छ । आज रिलिज हुने चलचित्र ‘खाली पिली’ पे पर भ्यु सुविधामार्फत डिशहोमका ग्राहकले हेर्न पाउनेछन् ।

ग्राहकहरुको मनोरञ्‍जनलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उद्देश्यले डिशहोमले सिनेमाघर इन्टरनेसनल ९९९ सञ्‍चालनमा ल्याएको प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए । आज नेपाल र भारतमा एकैपटक यो फिल्म रिलिज हुने उनले बताए । ५६५ रुपैयाँमा स-परिवारले यो चलचित्र हेर्न पाउने डिशहोमले जनाएको छ ।

“विश्वका विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यु सेवा नेपालमा पहिलोपटक डिशहोमले सञ्‍चालन गरिरहेको छ । डिशहोमले पे पर भ्यु सेवामार्फत न्यूनतम मूल्यमा नयाँ नेपाली सिनेमा हेर्न सकिने च्यानल नं. १०८ ,८८८ र ५५५ यसअघि नै सफलताका साथ सञ्‍चालन गरिरहेको छ,” उनले भने ।

दैनिक आठ शो सञ्‍चालन हुने सिनेमाघर इन्टरनेसनल च्यानल ९९९ मा चलचित्र ‘खाली पिली’ हेर्न सकिने डिशहोमले जनाएको छ । डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, एसएमएस गरेर वा नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेरसमेत न्यूनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment