
१६ असोज, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ ।
शुक्रबार १९७ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको हो ।
दैनिक संक्रमण संख्यामा शुक्रबार थपिएको संख्या अहिलेसम्मकै उच्च हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमध्ये ३ हजार ४३८ जना डिस्चार्ज भएका छन् र ७८ जनाको मृत्यु भएको छ ।
प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएकामध्ये आधा संक्रमित अर्थात ३७ सय २४ जना मोरङ जिल्लाका हुन् ।
मन्त्रालयका अनुसार शुक्रबार मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, ते¥हथुममा २ र प्रदेश १ बाहिर ५ जना संक्रमित थपिएका छन् । मोरङका १४६ मध्ये १२३ जना विराटनगर महानगरपालिका भित्रका हुन् ।
३४३८ जना डिस्चार्ज
प्रदेश १ मा शुक्रबार १६६ जना संक्रमण मुक्त भएका छन् । होम आइसोलेसनबाट १५५, विराट मेडिकल कलेजबाट ८, न्युरो अस्पतालबाट ३ जना संक्रमण मुक्त भएका हुन् । हाल सम्म ३ हजार ४३८ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६५ महिला र १३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रतिक्रिया 4