+
+

हाथरस प्रकरणका अपराधीलाई भविष्यमा उदाहरण बन्ने दण्ड दिइने मुख्यमन्त्री योगीको उद्घोष

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १६ गते १८:२२

१६ असोज, काठमाडौं । भारतको हाथरसमा भएको सामूहिक बलात्कारको घटनाका दोषीलाई भविष्यमा उदाहरण हुने किसिमको दण्ड दिइने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले चेलीबेटीको सुरक्षा र विकासका लागि उत्तर प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अहिले भारतभर यो घटनाले चर्चा पाएको छ । प्रहरीले मंगलबार राति परिवारको अनुमति विना पीडित किशोरीको शव जलाएसँगै प्रहरीको यो कार्यको विरोध भइरहेको छ । विपक्षीहरुले प्रहरीले प्रमाण नष्ट गर्न पीडितको शव राति जलाएको आरोप लगाएका छन् । यसै क्रममा दिल्लीबाट हाथरसमा पीडित परिवारलाई भेट्न हिँडेका भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।

शुक्रबार पनि उत्तर प्रदेशको सीमा क्षेत्रमा प्रदर्शन भएको छ । उत्तर प्रदेश सरकारले गाउँको सीमा पूर्णरुपमा बन्द गरेको छ । गाउँमा विपक्षी दलका नेता र सञ्चारमाध्यमहरुलाई प्रवेश गर्न रोक लगाइएको छ । गाउँका मानिसहरुले आफूहरुलाई अत्यावश्यक कामका लागि आधार कार्ड देखाएर मात्र गाउँमा आउन र बाहिर जान दिइएको बताएका छन् ।

यो घटनाको अनुसन्धानको लागि अहिले हाथरसमा विशेष जाँच दल राखिएको छ र उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?