Comments Add Comment

आईपीएल : दिल्लीले कोलकातालाई १८ रनले हरायो

Photo Credit : IPL

१८ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको छ ।

दिल्लीले निर्धारित २० ओभरमा कोलकातासामु २२९ रनको विशाल लक्ष्य राखेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कोलकातालाई दिल्लीले ८ विकेटको क्षतिमा २१० रनमा रोक्यो । यो जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

शारजहाँ क्रिकेट मैदानमा भएको खेलमा कोलकाताका नितिश राणाले ५८, इयान मोर्गनले ४४ र राहुल त्रिपाठीले ३६ रन बनाए । मोर्गन र त्रिपाठीले सातौं विकेटका लागि ३१ बलमा ७८ रनको साझेदारी गरे पनि जित दिलाउन सकेनन् ।

दिल्लीका एनरिच नोर्जेले तीन र हर्शल पटेलले दुई विकेट लिए । हर्षलका लागि यो पहिलो म्याच थियो ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २२८ रन बनाएको थियो । यो योगफल जारी आईपीएलमा सबैभन्दा ठूलो हो ।

कप्तान श्रेयस अय्यरले ८८, पृथ्वी शाले ६६ र ऋषभ पन्तले ३८ रन बनाए । श्रेयस र पृथ्वीले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । दिल्लीका लागि नटआउट ८८ रन बनाएका कप्तान श्रेयस अय्यर म्यान अफ दि म्याच बने ।

कोलकाताका लागि आन्द्रे रसेलले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment