Comments Add Comment

कांग्रेसका थप ३ केन्द्रीय सदस्यलाई कोरोना, केन्द्रीय कार्यसमितिको बैठक स्थगित

फाइल तस्वीर

१८ असोज, काठमाडौं । थप तीनजना केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

१४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेसले भोलि सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । बैठकका लागि केन्द्रीय सदस्यहरुको पीसीआर टेष्ट गरिएको थियो ।

पार्टी कार्यालयमा केन्द्रीय सदस्य, सहयोगीलगायतको स्वाब संकलन गरिएको थियो भने केहीले अन्यत्र टेष्ट गराएका थिए ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ५ केन्द्रीय सदस्यसहित १७ जनालाई संक्रमण पुष्टि भएको छ । शनिबार अर्जुननरसिंह केसी, गगन थापा, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको थियो । जंगीलाल रायलाई पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै बाहिर स्वाब दिएकामध्ये रमेश रिजाललाई पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै कांग्रेसले पार्टी कार्यालय ५ दिनका लागि बन्द गरेको छ भने सोमबार बोलाइएको बैठक स्थगित गरेको छ । २५ गते अपराहृन २ बैठक तोकिएको प्रवक्ता शर्माले बताए ।

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेसले केन्द्रीय कार्यालय पनि आज आइतबारदेखि २२ गतेसम्मका लागि बन्द गरेको छ । आज आइतबार बस्ने भनिएको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक पनि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment