
१८ असोज, काठमाडौं । भारतको महाराष्ट्रको कल्याण शहरमा एक हप्ताअघि एक नेपालीको हत्यामा संलग्न भएको आशंकामा त्यहाँको प्रहरीले ४ जनालाई आइतबार गिरफ्तार गरेको छ ।
एक साताअघि नेपाली नागरिक भरत थापा कल्याण शहरमा मृत अवस्थामा फेला परेका थिए । थापा मोटरसाइकल चोरीमा संलग्न भएको शंका गरिएको थियो ।
हत्यामा संलग्न भएको आशंका गरिएका अन्य ८ जनाको खोजी भइरहेको स्थानीय प्रहरीलाई उद्धत गर्दै टाइम्स अफ इन्डियाले समाचार प्रकाशित गरेको छ ।
प्रहरी इन्सपेक्टर रमेश भामेले १२ जनाले भरतलाई उनको कार्यालयबाट लगेर हत्या गरेको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4