+
+

बाजुरामा एकै परिवारका ५ जना ४ दिनदेखि बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १९ गते ११:५३

१९ असोज, कैलाली । बाजुराको हिमाली गाउँपालिका-५ स्थित कवाडीमा शुक्रबार बेपत्ता भएका एकै परिवारका ५ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

कवाडीमा बस्दै आएकी ३० वर्षीया सत्ता नेपाली शुक्रबार साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीसहित बेपत्ता भएकी थिइन् ।

छोराछोरीसहित कवाडी नदीमा नुहाउन गएकी उनी नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्ऽ सिंह ठगुन्नाले बताए ।

घटना भएलगत्तै प्रहरी निरीक्षक ठगुन्नासहितको टोली खोजी कार्य रहेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेका छन् । तर, ४ दिनसम्म पनि अवस्था अज्ञात रहेको उनले प्रहरीले जनाएको छ ।

कवाडी नदी र कर्णाली नदीको दुरी २०० मिटर मात्रै छ । कवाडी नदीबाट बगेर कर्णाली नदीमा गएको हुन सक्ने उनले बताए ।
‘हामीले धेरै ठाउँमा खोजी गरिसकेका छौँ,’ उनले भने, ‘अहिलेसम्म कतै कोही भेटिएका छैनन् ।’

परिवारका सदस्यहरुलाई नदीमा नुहाउन जाने भन्दै उनी घरबाट निस्किएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?