१९ असोज, सुदूरपश्चिमश्र । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको जोखिमका कारण धनगढीमा आयोजना हुँदै आएको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता यस वर्ष पूर्वनिर्धारित मितिमा आयोजना नहुने भएको छ।
एकेडेमीले आगामी कात्तिक ८ देखि २४ गतेसम्म प्रतियोगिताको मिति तय गरेको थियो ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले कोरोनाको जोखिमका कारण पूर्वनिर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भब भएको सोमबार प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ । प्रतियोगिता आयोजना हुने नयाँ मिति यथाशीघ्र घोषणा गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ ।
प्रतियोगिता सुरु भएसँगै देशमा पहिलोपटक विभिन्न सहरका टिमसहितको फ्रेन्चाइज क्रिकेटको अवधारणा सुरुआत भएको थियो । विभिन्न सहरको नाममा फ्रेन्चाइजी टोली बनाई ती टोलीले खेलाडीहरुको अक्शन(बोलकवोल) गर्दै आ-आफ्नो टिममा खेलाडी भित्र्याउने व्यवसायिक काम समेत सुरुआतसमेत भएको थियो ।
विगतका वर्षमा तीन संस्करण भइसकेको यो प्रतियोगिताको पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौँ गरी छ टोलीले सहभागिता जनाउँदै आएका छन् ।
प्रतिक्रिया 4