+
+

सिमकोटबाट पनि हुने भयो माउन्टेन फ्लाइट

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १९ गते १४:१४

१९ असोज, काठमाडौं । भारतीय पर्यटकको आकर्षक गन्तब्य हुम्लाको सिमकोटबाट अब माउन्टेन फ्लाइट हुने भएको छ । यो मुलुकको तेस्रो माउन्टेन फ्लाइट गन्तब्य हुनेछ । निजी लगानीको वायुसेवा कम्पनी समिट एयरले यस्तो घोषणा गरेको हो ।

यसअघि काठमाडौं र पोखराबाट नियमित माउन्टेन फ्लाइट हुँदै आएको छ । विराटनगरबाट समेत माउन्टेन फ्लाइट परीक्षण भने भइसकेको छ ।

सिमकोटबाट हुने माउन्टेन फ्लाइटमार्फत माउन्ट कैलाशको अवलोकन निकै नजिकबाट गर्न सकिने भएको छ । यसबाहेक माउन्ट अपी, माउण्ट सैपालसमेत कैयौं हिमश्रृङ्खलाको अवलोकन गर्न सकिने समिट एयरले उल्लेख गरेको छ ।

लामो समयदेखि थलिएको पर्यटन व्यवसायलाई अगाडि बढाउन कम्पनीहरुले अहिले विभिन्न प्रकारका प्याकेज र उत्पादनहरु ल्याउन शुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?