Comments Add Comment

हेपाटाइटिस–सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

तस्वीर : एपी

१९ असोज, काठमाडौं । यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने दुई अमेरिकी वैज्ञानिकहरु हार्वे जे अल्टर, चार्ल्स एम राइस र एक बेलायती वैज्ञानिक माइकल हगटनलाई संयुक्त रुपमा प्रदान गरिएको छ । सोमबार स्टकहोल्ममा नोबेल कमिटीका प्रमुख थोमस पर्लमनले नोबेल पुरस्कारका विजेताको घोषणा गरेका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वभर हेपाटाइटिसका ७ करोडभन्दा धेरै संक्रमित छन् भने एक वर्षमा यसको कारण विश्वभर चार लाख मानिसको मृत्यु हुने गरेको छ । यो प्राणघातक रोग लागेपछि मानिसको कलेजो सुन्निने र क्यान्सर हुन्छ ।

विश्व प्रतिष्ठित नोबेल पुरस्कारको राशी एक करोड स्विडिस क्रोनर अर्थात् करिब ११ लाख १८ हजार डलर हुन्छ । यस वर्ष विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी चलिरहेको अवस्थामा शरीर विज्ञान वा चिकित्सातर्फको नोबेल पुरस्कारलाई निकै चासो दिइएको थियो । विभिन्न ६ विधामा दिइने पुरस्कारमध्ये यो पहिलो पुरस्कार हो । यो पुरस्कार वार्षिकरुपमा शरीर विज्ञान वा चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थतन्त्रको क्षेत्रमा असाधारण काम गर्ने मानिसलाई प्रदान गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment