+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
८७ बलमा १२६ रन आवश्यक
विराटनगर किंग्स 2025
30/3 (5.3)
Shares

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १९ गते १८:२२

१९ असोज, काठमाडौं । सांगि्रला डेभलपमेन्ट बैंक लिमिटेड र नक्साल, काठमाडौंस्थित मुख्य कार्यालय रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरे ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा सम्झौताअनुसार यस बैंकका ग्राहकले हुन्डाइ ब्राण्डको गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिनेछ ।

सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?