+

बार्सिलोना आउनसक्छन् मेम्फिस डिपे

२०७७ असोज  १९ गते १८:३० २०७७ असोज १९ गते १८:३०
बार्सिलोना आउनसक्छन् मेम्फिस डिपे

१९ असोज, काठमाडौं । डच फवार्ड मेम्फिस डिपे स्पेनिस क्लब बार्सिलोना अनुबन्ध हुने सम्भावना बढेको छ । लियोनका स्पोर्टिङ डाइरेक्टर जुनिनियोका अनुसार ट्रान्सफर डेडलाइनको अन्तिम दिन उनी बार्सिलोना अनुबन्ध हुने सम्भावना छ ।

लियोनसँगको सम्झौता १२ महिना बाँकी भएपनि क्लब छाड्नसक्ने उनले बताएका छन् । जुनिनियोले भनेका छन्, ‘ डिपे बार्सिलोना अनुबन्ध हुने सम्भावना छ ।’

आइतबार लियोनले मार्सेलिएसँग १–१ को बराबरी खेल्दा पनि उनी टिममा थिएनन् । फिटनेसमा समस्या र बार्सिलोनासँग सम्झौता प्रयासका कारण उनले नखेलेको बताइएको छ ।

डिपे बार्सिलोना आउने सम्भावना बढ्दा उस्मान डेम्बेलेको बार्सिलोना बसाइ संकटमा देखिएको छ ।

प्रशिक्षक रोनाल्ड कोमेनले उनलाई आफ्नो योजनामा समावेश गरेका छैनन् । आइतबार राति बार्सिलोनाले सेभियासँग १–१ को बराबरी खेल्दा पनि उनी बेञ्चमै थिए ।

फुटबल बार्सिलोना मेम्फिस डिपे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय