Comments Add Comment

सूर्य नमस्कारको १२ आसन र त्यसको लाभ

सूर्य नमस्कार एक सहज योग आसन हो । साथसाथै सम्पूर्ण आसन पनि । भनिन्छ, यसले सम्पूर्ण अंगको समूचित व्यायम हुन्छ । सूर्य नमस्कारका विभिन्न १२ आसन छन् ।

सूर्य नमस्कारबाट स्वास्थ्य लाभ

–सूर्य नमस्कारले सम्पूर्ण शरीर लचिलो बनाउँछ । शरीर फुर्तिलो हुन्छ ।

–शरीरलाई चुस्त तथा स्फुत राख्न तथा जोर्नीहरुको व्यायामका लागि सूर्य नमस्कार उत्तम मानिन्छ ।

–सूर्य नमस्कार गर्नाले आँखाको तेज बढ्छ ।

–तौल नियन्त्रणमा सहयोग पुग्छ ।

–रक्तसंचार र श्वासप्रश्वास क्रियामा फाइदा गर्छ ।

–मानसिक तनाव नियन्त्रण गर्न सहयोग गर्छ ।

कस्तो अवस्थामा सूर्य नमस्कार गर्दा विशेष ध्यान दिने ?

सूर्य नमस्कार अधिकांशका लागि उपयागी छ । तर निश्चित समस्या भएका व्यक्तिले सूर्र्य नमस्कार गर्दा विशे ध्यान दिनुपर्छ ।

१. गर्भवती अवस्थामा

२. मासिक रक्तश्राव हुदाँ

३. ज्वरो आउँदा

४. खुट्टा सुनिएमा

५. उच्च रक्तचाप, हर्निया, मुटु रोगी, अधिक ढाड दुख्ने समस्या भएका, रिङ्गटा लाग्ने

कसरी गर्ने सूर्र्य नमस्कार ?

सूर्य नमस्कारमा कुल १२ आसन हुन्छ । हरेक दिन यो आसन गर्नाले शरीरको सबै अंगहरुलाई फाइदा पुग्छ ।

सूर्र्य नमस्कार गर्नु पुर्व शरीरलाई तताउन आवश्यक छ । त्यसको लागि जगिङ्ग गर्न सकिन्छ । करिब पाँच मिनेट कोठामै बसेर जगिङ्ग गर्नाले तथा हात खुट्टालाई हल्का तलमाथि गर्नाले शरीर सूर्य नमस्कारका लागि उपर्युक्त मानिन्छ ।

योग गुरुहरुका अनुसार सूर्य नमस्कार गर्ने सबैभन्दा उत्तम समय विहानलाई मानिन्छ । सुर्यास्तको समयमा पनि यसलाई गर्न सकिन्छ । तर, यसका लागि खाली पेट हुन जरुरी छ ।

सूर्य नमस्कारका १२ विधि

१. प्रणामासन

यस आसनमा शरीर सिधा हुन्छ । जब शरीर सिधा हुन्छ, त्यतिबेला आफ्नो दुवै हातलाई जोड्ने सास लिएर दुवै हातलाई माथी उठाउने र सास छोड्दै दुवै हातलाई नमस्कारको आसनमा छातीको बीच राख्नुपर्छ ।

यो आसनले एकाग्रता बढाउनुका साथै मानसिक रुपमा शान्ती प्रदान गर्छ ।

२. हस्तउत्तासन

ससा लिदै दुवै हातलाई माथि उठाउने र पछाडी लैजाने । यो आसनमा पैतालाका औला देखि शरीरका सबै अंगहरुलाई माथि लैजानुपर्छ ।

यस आसनले पाचन प्रणालीलाई प्रभावित पार्छ । हात, कुम तथा मेरुदण्डलाई शक्ति मिल्छ । साथै अतिरिक्त वजन कम गरी शरीरको तौल कम गर्न मद्दत गर्छ ।

३. पादहस्तासन

सासलाई छोड्दै कम्मर मुनीको हड्डीलाई सिधा राखेर तलतिर झुक्नुहोस् । पुरै सास छोडेर दुवै हत्केलालाई पैतालाको नजिक भुईमा राखन्ुहोस् । यो आसन गर्दा ढाडको समस्या हुनेले थोरै झुके पुग्छ । नहुनेले पूर्ण रुपमा झुक्नु राम्रो मानिन्छ ।

यो आसन गर्नाले पेटमा जमेको अतिरिक्त बोसो कम गर्नुका साथै कव्जियत हटाउँछ, मेरुदण्डलाई लचिलो बनाउँछ र पाचन प्रणाली बलियो बनाउन सहयोग गर्छ ।

 ४.अश्वसंचालासन

सास लिदै जति सकिन्छ, दाहिने पैतालालाई जहाँको तही छोडेर बायाँ पैतालालाई पछाडि लैजाने र घाँटीलाई सिधा राख्ने । अश्वसञ्चालासन आसनलाई घोडाको जस्तो आसन पनि भनिन्छ ।

यसले खुट्टाको मांसपेश तथा मेरुदण्डलाई मजबुत बनाई घोडाजस्तै बलियो बनाउँछ ।

५. पर्वतासन

यसमा शरीर पर्वतजस्तो बन्छ । यो आसनमा सास लिदै दुवै खुट्टालाई पछाडी लैजानुहोस् । हात र पैतालाले भुईमा छुनुहोस् र पेट कम्मर लगायत शरीरको सम्पूर्ण भागलाई ( भी) आकारमा माथि उठाउनुपर्छ ।

यस आसनले पनि हात, खुट्टा लगायत मेरुदण्डका हड्डीलाई मजबुती प्रदान गर्छ ।

६. सांस्टाङ्ग दण्डवत

यसमा शरीर लम्पसार परेर भुईमा सुते जस्तो हुन्छ । यो आसन गर्दा सम्पूर्ण शरीरलाई भूँइतिर लानुपर्छ ।

यस आसनले सम्पूर्ण शरीरलाई मजबुती तथा आराम प्रदान गर्छ ।

७. भुजंगासन

सबैभन्दा पहिले सिधा सुत्नुपर्छ ।  अब छाती तथा टाउकोलाई माथि उठाएर  सर्पको जस्तो आकारमा ढाल्ने । यस आसन गर्दा हातको कुहिनालाई मोड्न सकिन्छ । यस आसनको मद्दतले मेरुदण्ड लचिलो हुनुका साथै प्रजनन तथा पाचन प्रणालीमा लाभदायक हुन्छ ।

८.  पर्वतासन

अब पुनः हात खुट्टाले भुँईमै टेकेर ढाडलाई माथि उचालेर भी आकार दिनुपर्छ र पहिलेकै प्रक्रिया दोहो¥याउने ।

९.अश्वसंचालासन

अब बायाँ खुट्टालाई दुवै हातको बीचमा राखेर पहलिे कै प्रकिया दोहो¥याउने  ।

१०. पादहस्तासन

अब दुवै हात तथा खुट्टाले भुँईमा टेकेर शरीरलाई माथि उचानुहोस् र ३ नम्बरको प्रक्रियालाई दोहो¥याउनुहोस् ।

११. हस्तउत्तासन

अब दुवै हातलाई माथि उचाल्दै ढाड पछाडि लैजाने र २ नम्बरको प्रक्रियालाई दोहो¥याउने  ।

१२. प्रणामासन

दुवै हातलाई जोडेर १ नम्बरको प्रक्रियालाई दोहो¥याउने ।

पर्वतासनदेखि सूर्य नमस्कारको प्रकृया पुनः दोहरिने गर्छ । सूर्य नमस्कारको यो प्रकृया दोह¥याउनाले १२ वटा आसनको सम्पूर्ण चक्र सम्पन्न हुन्छ ।  दिनमा कम्तीमा १० देखि १५ मिनेट सुर्य नमस्कार गर्नाले शरीरलाई निकै फाइदा पुग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment