Comments Add Comment

‘मुन्द्रेको कमेडी क्लब’मा दीपाको ठाउँमा करिश्मा

हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले संचालन गर्दै आएका कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्ष परिवर्तन भएकी छिन् । पहिलो सिजनमा कलाकार तथा निर्देशक दीपाश्री निरौलाले शोको अध्यक्षता ग्रहण गर्दै आएकी थिइन् ।

तर, कोरोनाका कारण लकडाउन भएपछि शो रोकिएको थियो । तर, अब फेरि शो फरक शैलीमा प्रस्तुत गर्ने तयारी जितुले गरेका छन् । तर, शोको अध्यक्षमा भने दर्शकले कलाकार दीपाश्री निरौलालाई देख्न पाउने छैनन् ।

दीपाको स्थानमा अब नायिका करिश्मा मानन्धरले शोको अध्यक्षता गर्नेछिन् । कलाकार निरौलाले जीतु नेपालसँग सल्लाहा गरेरै शो छाडेको बताइन् ।

उनले भनिन्–‘दोश्रो शोलाई नयाँ तरिकाले प्रस्तुत गर्ने बिषयमा कुरा भैरहेको थियो । सोही समयमा मेरो विवाद पनि भयो । मैले आफै शो छाड्छु भनेर कुरा गरेकी हुँ ।’

विशेषगरि निर्देशक निरौला ‘महानायक’को विवादमा परेपछि उनको ठाउँमा करिश्मा आएको वुझिएको छ । दीपाको विवादले विज्ञापनमा असर पर्ने विज्ञापनदाताको आग्रहपछि शो संचालक जीतुले यो निर्णय लिएका हुन् ।

यो शोका संचालक जितु नेपालले पनि सल्लाहा गरेरै दीपाश्रीले शो छाडेको बताए । उनले भने–‘शोमा केही परिवर्तन गर्ने भन्ने कुरा भएको थियो । सोही समयमा दीपा दिदीको विवाद पनि भयो । शोको निर्माण कम्पनीले नै अध्यक्ष परिवर्तनको कुरा गरेपछि दीपा दिदीले शो छाड्ने निर्णय गर्नुभएको हो । हाम्रो कुनै विवाद भएको होइन ।’

जितुले सुरुमा करिश्मा मानन्धरले शो गर्ने कि नगर्ने भन्ने बिषयमा निर्णय नलिएपनि पछि काम गर्न तयार भएको बताए । जितुले अब दर्शकले शोमा नयाँ परिवर्तन पाउने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment